Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको बजार अनुगमन पुनः शुरू


364
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको जनाएकाे हाे। अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको हाे ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवम् सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।