Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


इजरायलीकाे हवाई आक्रमणमा परी लेबनानमा ८३ बालबालिकासहित ३९४ जनाको ज्यान गयाे, ११ सय बढी घाइते


351
Shares

एजेन्सी । लेबनानमा इजरायली सेनाकाे हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको छ ।

लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले यहि मार्च २ तारिख यता ३ सय ९४ जनाकाे मृत्यु भएकाे बताउनुभएकाे हाे । जसमा ८३ बालबालिका र ४२ जना महिला रहेकाे उहाँकाे भनाइ छ। आक्रमणमा परी अन्य १ हजार १ सय ३० जना घाइते भएकाे समेत उहाँले बताउनभयाे । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नसरेद्दिनले घाइतेहरूमा २ सय ५४ बालबालिका र २ सय ७४ महिला रहेको बताउनुभएकाे छ । धेरै जसो आक्रमणले आवासीय क्षेत्र र नागरिक सुविधाहरूमा प्रहार गरेको छ । दक्षिणी र पूर्वी लेबनानमा गत ४८ घण्टामा धेरै घातक घटनाहरू रेकर्ड गरिएका छन् ।

बेका उपत्यकामा भएको एक आक्रमणमा एउटै परिवारका ६ जना सदस्य-चार बालबालिका र उनीहरूका आमाबाबु – मारिएका थिए । जबकी शहर र गाउँहरूमा भएका अन्य आक्रमणहरूले धेरै हताहत गराएका छन् । मन्त्री नसरेद्दिनले उद्धार कार्यमा खटिएकाे समयमा आपत्कालीन र चिकित्सा टोलीहरूलाई प्रत्यक्ष निशाना बनाइएकाे बताउनुभयाे । स्वास्थ्य मन्त्रालयले लेबनानी रेडक्रसका प्यारामेडिकहरू, नागरिक सुरक्षा टोलीहरू र अन्य आपत्कालीन उद्धारकर्ताहरूसहित नौ स्वास्थ्यकर्मीकाे मृत्यु भएकाे छ। अन्य १६ जना घाइते भएका छन् ।

सन् २०२४ नोभेम्बर २७ तारिकामा युद्धविराम लागू भएयता हिजबुल्लाहले गत हप्ताको लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो ।