शंकर बरूवाल-संवाददाता
रामेछाप । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङको गृह-जिल्ला रामेछापमा पार्टीकाे जमानत जफत भएको छ।
उनेपाले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार बनाएको थथियाे। गत फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा . कृष्णहरि बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । नेकपा एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उनेपाका उम्मेदवार योन्जनले ७ हजार २ सय १० मत र श्रम संस्कृति पार्टिका उम्मेदवार ढाल बहादु खप्पाङ्गी मगरले १३ सय ३६ मत प्राप्त गरेका थिए । रामेछापमा ५ हजार ४८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा रास्वपा¸ एमाले¸ काग्रेस र नेकपा बाहेकका राजनीतिक दलको जमानत जफत भएको हाे । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने गर्दछ। रामेछापमा ३ जना स्वातन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।







प्रतिक्रिया दिनुहोस्