काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १ सय ५४ जनाको जमानत जफत भएको छ ।
निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेकाे हाे । गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १ सय ५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयाे । जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्य समेत छन् ।
निर्वाचनको प्रत्यक्षतर्फ खसेको कूल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानूनी व्यवस्था छ । उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको हाे।







प्रतिक्रिया दिनुहोस्