Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


संखुवासभामा नेकपा एमालेकाे अग्रता कायमै


4.9k
Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायमै राख्नुभएकाे छ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले १० हजार २ सय ७६ मत ल्याउँदै अग्रस्थानमा रहनुभएकाे हाे । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहनुभएकाे छ । शेर्पाले ९ हजार २ सय ८४ मत प्राप्त गर्नुभएकाे हाे ।

साथै नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठको ७ हजार ७ सय ६० मत र श्रम संस्कृति पार्टीका उमा कुमारी राईको ६ हजार १ सय ३४ मत रहेकाे छ ।