काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ।
फाइनल खेल आइतबार बेलुका सवा ७ बजेदेखि अहमदावादमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुरू हुने भएकाे हाे । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका छन् । भारतले गत बिहीबार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले पराजित गरेकाे थियाे । साथै न्युजिल्यान्डले पनि पहिलो सेमिफाइनल खेलमा बुधबार दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे थियाे ।
घरेलु टोली भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो । गत माघ २४ गतेदेखि भारत र श्रीलंकामा शुरु भएको प्रतियोगितामा २० टोली सहभागी थिए । नेपाल यो टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्