विनाेद बाबु-संवाददाता
बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ।
भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी हुनुभएकाे हाे। उहाँले ३ हजार ९ सय ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएकाे छ। उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गर्नुभयाे। यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामाेदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झर्नुभएकाे छ। उहाँले १७ हजार ९१ मत ल्याउनुभउकाे हाे ।
एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७२ हजार ८ सय ४३ मतदाताले मतदान गरेका थिए । जसमा ५ हजार १ सय १३ मत बदर भएकाे छ ।







प्रतिक्रिया दिनुहोस्