Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


नेपालमा सफल निर्वाचनप्रति मोदीको बधाई


273
Shares

काठमाडाैं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनले नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको उल्लेख गरेका छन्।

मोदीले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा गर्विलो क्षण भएको बताएका छन्। साथै घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिका लागि नेपालका जनता र नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको पनि उनले जनाएका छन्।