काठमाडाैं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् ।गौतमले ५९ हजार २ सय ७७ मत ल्याउँदै अहिलेसम्मकै उच्च मतान्तरसहित जित हात पारेकी हुन्।
उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरिन्। गौतम र दाहालबीच ३८ हजार ६ सय ६२ मतको अन्तर रहेको छ।
पराजयपछि रेनु दाहालले फेसबुकमार्फत सोविता गौतमलाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको उल्लेख गरेकी छन्। यस निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले आवश्यक मत नल्याउँदा जमानतसमेत जफत भएको छ।







प्रतिक्रिया दिनुहोस्