Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


कास्की-१ मा रास्वपाबाट खडकराज पौडेल विजयी


130
Shares

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी भएका छन् ।

पौडेलले ३९ हजार ८८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत पाएका छन् । यसैगरी एमालेका उम्मेदवार वैनबहादुर क्षेत्री अधिकारीले १० हजार ४२९ मत ल्याए । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत पाए भने राप्रपाका बाबुराम थापाले ९७८ मत ल्याए ।

विजयी पौडेल बालेन समूहबाट रास्वपा केन्द्रीय सदस्य हुन् । गनेस पौडेलको नामले परिचित खडकराज पौडेल पोखरा–१४ मझेरीपाटनका लेखक, शिक्षक र सामाजिक अभियन्ता हुन् । अंग्रेजी साहित्यमा स्नातक तथा पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) गरेका उनले १५ वर्षभन्दा बढी शिक्षण अनुभव सँगालेका छन् ।