Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


चितवन-१ मा एमालेका उम्मेदवार लामाकाे अग्रता कायमै


6.2k
Shares

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राख्नुभएकाे छ।

हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४ सय १७ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएकाे हाे। कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १ हजार १ सय ४८ मत प्राप्त गर्नुभएकाे छ।

रास्वपा उम्मेदवार हरि ढकालले ६ सय मत ल्याउँदा नेकपाका उम्मेदवार कृष्णराज पन्तले ३ सय ७३ मत प्राप्त गर्नुभएकाे हाे।