काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे जारी मतगणनामा ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ।
हालसम्म १ हजार ९ सय ९६ मतगणना हुँदा रास्वपाले १ हजार ६ सय ४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १ सय ६८ मत पाएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (तारा) ले ३५ मत, नेकपा एमाले (सूर्य) ले ३३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले पनि ३३ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतपरिणाममा रास्वपा निकै अगाडि देखिएको छ भने अन्य दलहरू निकै पछि परेका छन्। मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे।







प्रतिक्रिया दिनुहोस्