Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


प्रतिनिधिसभा निर्वाचन: झापा-५ मा बालेन अगाडि, ओली पछिपछि


4.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एव‌ झापा -५ का उम्मेदवार बालेन्द्र शाह प्रतिनिधि सभा निर्वाचनकाे प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिनुभएकाे छ।

हालसम्म करिब १ हजार ४ सय मतगणना हुँदा नेता शाहले ८ सय १४ मत प्राप्त गर्नुभएकाे हाे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गर्दै बालेनलाई पछ्याइरहनुभएकाे छ । यस क्षेत्रमा नेपाली कांग्रेसले मनद्वारा चिमोरियालाई उम्मेदवार बनाएको छ । नेकपाले रञ्जित तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको हाे।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।