Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधि सभा निर्वाचन : रामेछाप ४८ प्रतिशत मत खस्याे


117
Shares

रामेछाप। रामेछाप जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन भएको छ ।

जिल्लाका ९६ मतदानस्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लाभर सुरक्षा व्यवस्थासहित सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार रामेछाप ४८ प्रतिशत मत खसेको छ ।

लामिछानेका अनुसार रामेछाप जिल्लामा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता मध्ये ९० हजार ७ सय १० जनाले मतदान गरेका हुन् । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकाय र निर्वाचन कर्मचारी परिचालन गरिएको थियो ।