Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधिसभा निर्वाचन : बाँकेमा ६३ प्रतिशत मत खस्याे


130
Shares

बाँके । बाँकेमा ६३ प्रतिशत मत खसेकाे छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिनुभयाे ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । ५८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएकाे छ ।

जिल्लाका १ सय ३९ मतदानस्थलका ४ सय मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ । जिल्लाका ३ ठाउँमा राती कुकर बम राखेर आतंकित पार्ने प्रयास भएपनि त्यसकाे कुनै प्रभाव परेन । काेहलपुरकाे बेलनपुर, राप्तीसाेनारीकाे विनाैना र खजुराकाे सिमलघारीमा कुकर बम राखिएकाे थियाे । जसले नेवाली सेनाले विहान निष्क्रिय पारेकाे थियाे ।

बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय २७, क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २ सय ९० र क्षेत्र नम्बर ३ मा १ लाख १७ हजार ३ सय ५४ मतदाता रहेका छन् ।