Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मतदान (सूचीसहित)


247
Shares

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अपराह्न ४ बजेसम्म जिल्लाभर करिव ६० प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदाताको उपस्थिति उल्लेख्य देखिएको हो ।

अपरान्ह ४ बजेसम्म क्षेत्र नम्बर १ मा ५८.४५ प्रतिशत, क्षेत्र नम्बर २ मा ६०.६३ प्रतिशत, क्षेत्र नम्बर ३ मा ५६.६६ प्रतिशत, क्षेत्र नम्बर ४ मा ५६.९६ प्रतिशत र क्षेत्र नम्बर ५ मा ६१.१० प्रतिशत मतदान भएको छ ।

जिल्लाभरिका मतदान केन्द्रहरूमा अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रशासनले जनाएको छ। केही स्थानमा सामान्य विवादका कारण क्षणिक अवरोध भए पनि सर्वदलीय छलफलपछि मतदान पुनः सञ्चालन गरिएको बताइएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन कार्यक्रम रहेको छ।