प्रकाश पाक्साँवा, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा बेलुका ४:३० बजेसम्म ५२ प्रतिशत मतदान सम्पन्न भएको छ।
मुख्य निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म जिल्लाभर ३८ हजार २०१ मत खसेको छ। जसमा पुरुष १९ हजार ३७६ र महिला १८ हजार ८२५ मतदाता सहभागी भएका छन्।
जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ भने मतदान कार्य समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने चरणमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्