Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधिसभा निर्वाचन: कैलालीमा ३ घण्टामा १२ हजार ६ सय ८ मत खस्यो


117
Shares

कैलाली । कैलालीमा प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा मतदाताहरु उत्साहजनक सहभागिता भएकाे छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । कार्यालयले बिहीबार बिहान १० बजेसम्म जिल्लाभरी २८ हजार ९ सय ८ मत खसेको जनाएकाे छ। यो कुल मतदाता संख्याको ५ दशमलव २ प्रतिशत हो ।

२ सय ३६ वटा मतदान स्थल रहेको कैलालीका सबै केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो । कैलाली–१ मा ५ हजार २ सय ९५ , कैलाली– २ मा ६ हजार ९ सय ७०, कैलाली–३ मा ६ हजार ७ सय ७५ मा कैलाली-४ मा ५ हजार २ सय १५ र कैलाली-५ मा ४ हजार ६ सय ५३ मत खसेको ​कार्यालयले जनाएको छ।