काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् ।
बिहीबार बिहान ललितपुरको भैँसीपाटी मतदान केन्द्रमा पुगेर लाइमै बसेर मिश्रले मतदान गरेका हुन् । मिश्रको मतदाता नामावली ललितपुरमा छ ।
मिश्र राप्रपाबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।







प्रतिक्रिया दिनुहोस्