काठमाडाैं । प्रतिनिधि सभाको सदस्य चयनका हुन लागेकाे मतदानका दिन बिहीबार देशभरको मौसम सफा रहने भएकाे छ ।
मौसम पूर्वानुमान महाशाखले चुनावको समयमा मौसमको प्रभावले मतदान प्रक्रियामा कुनै असर नपर्ने जनाएकाे हाे। शनिबारसम्म सबै ठाउँको मतपेटिका संकलन भइसक्ने भएकोले मतदान तथा मतपेटिका संकलनमा मौसमले कुनै असर नगर्ने निर्वाचन आयोगले बताएकाे छ। हाल नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी पहाडी भू-भागमा भने मौसम मूख्यतया सफा रहको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने भएकाे छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे महाशाखाले जनाएकाे छ।
त्यस्तै, बिहीबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहने भएकाे हाे। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी -हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे हाे।







प्रतिक्रिया दिनुहोस्