Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


रामेछाप बस दुर्घटना अपडेट: मतदान अधिकृतसहित २ जनाको ज्यान गयो, ७ घाइते


845
Shares

काठमाडाैं । रामेछापमा चुनावकाे सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुई जना पुगेकाे छ ।

मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे हाे । दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्युभएकाे छ । दुर्घटनामा त्यसअघि असई पर्शुराम यादवको मृत्यु भएकाे प्रहरीले बताएकाे हाे

बाँकी ७ जना घाइतेको काठमाडाैंकाे छाउनी अस्पतालमा उपचार भइरहेको छ । रामेछाप नगरपालिका–२ देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी साेमबार साझ दुर्घटना भएको थियो ।