Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


अमेरिकी सैनिकको निधनकाे बदला लिने राष्ट्रपति ट्रम्पकाे चेतावनी

इरानी शासनमाथि विशाल सैन्य अभियान सञ्चालन गर्ने घाेषणा

6.3k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिनुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले साेमबार सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गर्नुभएकाे हाे । राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको मृत्युको बदला लिने र इरानी शासनमाथि ‘सबै भन्दा कठोर प्रहार’ गर्ने चेतावनी दिनुभएकाे छ।

उहाँले अमेरिकाले यतिखेर एक विशाल सैन्य अभियान सञ्चालन गरिरहेको समेत बताउनुभयाे। यो केवल वर्तमान समय र स्थानको सुरक्षाका लागि मात्र नभई हाम्रा छोराछोरी र तिनका सन्ततिको भविष्यका लागि भएकाे समेत दावी गर्नुभएकाे छ।स्वतन्त्र नागरिकका लागि यो एक कर्तव्य र जिम्मेवारी भएको उहाँकाे तर्क थियाे ।

उहाँले कट्टरपन्थी विरुद्ध अमेरिकाले अगाडि सारेको यो कदम सही भएको दावी समेत गर्नुभएकाे छ। अमेरिकीहरूले आणविक हतियारले सुसज्जित कट्टरपन्थी र रक्तपिपासु आतंककारी शासनको सामना कहिल्यै गर्न नपरोस् भन्नका लागि यी कदमहरू सही भएकाे उहाँकाे जिकिर थियाे । इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा ३ जना अमेरिकी सैनिकको मृत्यु भएको खुलेको हाे। यो हमलामा ५ जना गम्भीर घाइते भएको सार्वजनिक गरिएको छ।

अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको हाे। संयुक्त आक्रमणपछि शुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ।

Skip This