Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन

आजै मध्यरातिदेखि माैन अवधि शुरू हुँदै

117
Shares

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गर्ने साेमबार अन्तिम दिन भएकाे बताएकाे छ।

राजनीतिक दलहरुले साेमबार देशभरी विभिन्न चुनावी सभा तथा र्‍यालीहरु गरिरहेका हुन्। आयोगले साेमबार बेलुकी ७ बजेसम्म प्रचारप्रसारको समय तोकेको छ । साेमबार मध्यरातिदेखि प्रचार शुन्य समय अर्थात मौन अवधि शुरु हुने भएकाे छ । निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि माैन अवधि शुरु हुन्छ । साेही अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि शुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाे हाे।

माैन अवधि शुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । यो अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले सामाजिक सन्जालमार्फत पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न नपाइने जानकारी दिनुभएकाे छ। अनलाइन, छापाका साथै अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष-विपक्षमा कुनै सन्देश, सूचना-प्रचारप्रसारका सामग्री पोष्ट र शेयर गर्न /गराउन नहुने आयोगले जनाएकाे हाे।

यदि राजनीतिक दल तथा उम्मेदवारहरुले सूचना-प्रचारप्रसारका सामग्री पोष्ट र शेयर गरेकाे पाइएमा कडा कारबाही गर्ने समेत आयाेगले चेतावनी समेत दिएकाे छ ।

Skip This