Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


देश निर्वाचनमय भइसक्यो : निर्वाचन आयुक्त डा. तुलाधर


65
Shares

काठमाडौं ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि सकारात्मक वातावरण निर्माण गर्न आयोग मात्र नभई सबै पक्षको सहयोग उत्तिकै आवश्यक रहेको बताउनुभएको हो ।आयुक्त डा.तुलाधरले आयोगले संघ, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी समेत दिनुभयो ।

आयुक्त तुलाधरले निर्वाचनका प्रमुख साझेदारका रूपमा रहेका राजनीतिक दलहरूसँग पनि आयोगले निरन्तर छलफल गरिरहेको बताउनु भयो । देश निर्वाचनमय भइसकेको र फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न सबै नेपालीहरु उत्सुक रहेकाले शान्तिपुर्ण वातावण निर्माणमा सबैले आ–आफ्ना स्थानबाट योगदान गर्ने विश्वास आयोगले लिएको उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो,‘निर्वाचन भनेको निर्वाचन आयोगले मात्रै सम्पन्न गर्न सक्दैन, यसको स्टेकहोल्डरहरुको पनि भूमिका त्यत्तिकै रहने हुँदा हामीले संघ, प्रदेश र स्थानीय सरकारहरुसँग सहकार्य गरेका छौँ । त्यसै गरेर हामीले राजनीतिक दलहरुसँग पनि छलफल गरेका छौँ । उहाँहरुले गर्नुभएको सहयोग पनि हामीले अनुभूत गरिरहेका छौँ । यो निरन्तर रहिरहोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।

यसकारणले संघ, प्रदेश स्थानीय सरकार लगायत राजनीतिक दल, सम्पूर्ण स्टेकहोल्डरको समन्वय सहकार्यले हामी निर्वाचन सफल गर्नसक्छौँ भन्ने विश्वस्त रहेको छ । तपाईंहरुले देखिसक्नुभएको छ, देश निर्वाचनमय भइसकेको छ । निर्वाचनका लागि सकारात्मक वातावरण बनाउन तपाईं हामी सबैको भुमिका महत्वपूर्ण रहेको छ । यहाँहरुकै साथ, समर्थन र सहयोगले नै हो हामी फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न गईरहेका छौँ ।’

आयुक्त डाक्टर तुलाधरले निर्वाचनको सफलताका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै उहाँले संघ, प्रदेश र स्थानीय सरकार लगायत राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यले मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्नुभयाे ।