Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


देशका ६ प्रदेशमा आज रातिदेखि मेघगर्जन-चट्यांगसहित भारी हिमपात र वर्षा हुँदै

सतर्क रहन महाशाखाकाे अनुराेध ....

6k
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, शुक्रबार मध्याह्नदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका अधिकांश स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ। सतर्क रहन महाशाखाकाे अनुराेध गरेकाे हाे ।

शुक्रबार बिहान भने देशको पहाडी तथा हिमाली भ-भागमा आंशिक बादल लागेको थियाे।