Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


धनुषा-३ मा प्रसूति अस्पताल, रंगशाला र मल कारखाना बनाउने नेता निधीको दावी


104
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं धनुषा-३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा शुक्रबार बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभएकाे हाे । जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीन वटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको बताउनुभयो ।

मधेश प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ सय करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उहाँले बताउनुभयो ।

जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको महशुस गर्दै नेता निधीले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ। आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिवद्ध भएर आएको बताउँदै उहाँले मतदाताहरूलाई मतदान गर्न अपिल गर्नुभयो ।