काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर–एट खेलमा इंग्ल्याण्ड पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
श्रीलंकाको पल्लेकेलेमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्याण्ड पहिलो टोली बनेको छ । पाकिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य इंग्ल्याण्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रूकले ५१ बलमा एक सय रन बनाएका थिए । पाकिस्तानका शाहीन अफ्रिदीले ४ विकेट लिएका हुन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए । इंग्ल्याान्डका लियाम डसनले ३ विकेट लिएका थिए । सुपर–एटको समूह २ मा रहेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । उसले २ खेलमा ४ अंक जोडेको छ ।
याे पराजित पछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको हाे । अब श्रीलंकालाई पराजित गरेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । विश्वकपमा बुधबार श्रीलंका र न्युजिल्याडबीच प्रतिस्पर्धा हुने भएकाे हाे । साेही खेल बुधबार बेलुका सवा ७ बजे श्रीलंकाको आर.प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएकाे छ।







प्रतिक्रिया दिनुहोस्