Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँ : अध्यक्ष ढकाल


169
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी-व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको छ ।

राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिनसक्ने बताउनुभएको छ ।

उहाँका अनुसार नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ । अध्यक्ष ढकालले भन्नुभयो–‘व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ ।

त्यो कम्पनीले ७७ ओटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई लगानी गरेर त्यस्ता व्यवसायीक गतिविधिलाई बढाउन मद्दत गर्नेछ । १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०-५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ । त्यो खालको संरचना पनि तयार भइसकेको छ ।’

महासंघ अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वषैँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताउनु भयो । लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्र्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गर्नुभयो ।