काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिएर स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताउनुभएकेा हाे । उहाँले चुनावकाे समयमा हुन सक्ने सम्भावित दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबीसै घण्टा तयारी रहनुपर्ने अवस्थामा हुने बताउनुभयाे । जसका कारण आयोगसमक्ष स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह गरेकाे उहाँकाे भनाइ छ।
मन्त्रालयले चुनावमा आकस्मिक घटना हुने भएका कारण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन गरेको हाे ।







प्रतिक्रिया दिनुहोस्