Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


मलेसियामा शक्तिशाली भूकम्पकाे धक्का


741
Shares

एजेन्सी । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा आइतबार राति ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको छ ।

अमेरिकी भू–भौतिकी विज्ञहरूले भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ करिब एक सय किलोमिटर टाढा र ६१९ दशमलव ८ किलोमिटर गहिराइमा रहेको बताएका हुन् । भूकम्प आइतबार राति १२ बजेर ५७ मिनेटमा गएको र अमेरिकाको भूकम्प अध्ययन केन्द्रले यसबाट ठूलो क्षति नभएको जनाएको छ ।

अमेरिकाको सुनामी चेतावनी केन्द्रले पनि गहिराइको कारणले सुनामीको जोखिम नहुने जनाएको हाे । मलेसियाको मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ मापन गर्दै यसलाई नजिकबाट निगरानी गरिने बताएको छ। सबाहको पश्चिमी तट र सरावाक राज्यका केही क्षेत्रमा पनि कम्पन महशुस भएको समाचारसंस्था एएफपीले जनाएको हाे ।

Skip This