Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


तारकेश्वरमा चितुवा घरभित्र पसेर दुई जनामाथि आक्रमण


741
Shares

काठमाडाैं ।
काठमाडौंको तारकेश्वरमा एक घरभित्र चितुवा पसेर दुई जनामाथि आक्रमण गरेकाे छ ।

तारकेश्वर नगरपालिका–९ स्थित अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरिका अनुसार घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् ।

दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ । महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ । अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको प्रहरीले जनाएकाे छ ।

Skip This