काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ ।
शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न तिर लागेको आरोप लगाएको हो । एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले निर्वाचन विथोल्नको लागी रास्वपाले एमालेको झण्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाउनुभयो ।
उहाँले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको बताउनुभयो । उहाँले शान्ति–सुरक्षाको प्रत्याभुति दिन सरकार असफल भएको आरोप लगाउनु भयो । शाहीकाअनुसार देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तिब्र बनेका छन् । उहाँले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताउनुभयो ।
शान्ति–सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रह का रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गतेको चुनावलाई एमालेले देश बनाउने र जलाउने बीचको जनमत संग्रहको रुपमा लिएको छ । कथित नयाँको नाममा भोट फर चेन्जको भाष्य विक्री हुन छाडेपछि अहिले देशभर अभद्र व्यवहार, सर्वेक्षणको नाममा जनमतलाई प्रभाव पार्नेगरि फेक सर्वेक्षण परिणाम सार्वजानिक गर्ने कार्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । चुनावी परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र स्वरुप देशका विभिन्न भागमा हिंसा भड्काउने कामको थालनी भएको छ । समुदाय समुदायबीच द्वन्द्व सिर्जना गर्ने प्रयास गरिएको छ । जसको उहादरहण रौटहटको गौरमा अनिश्चितकालिन कफ्र्युको आदेश जारी गरिएको छ । यो घटना स्वच्छ, निर्भिक र भयरहित ढंगले मतदान गर्ने आम मतदाताको अधिकारको लागि प्रिय हुन सक्दैन । हामीले विगतदेखी नै स्वच्छ, निर्भिक र भयरहित ढंगले मतदान केन्द्रसम्म पुग्ने आम मतदाताको नैसर्गिक अधिकारलाई संरक्षण गर्ने र त्यसलाई ग्यारेन्टी गर्ने काम सरकारको हो । अहिले पनि हामी यो कुरा जोडदार ढंगले उठाउन चाहन्छौँ । देशमा शान्ति सुरक्षा, अमनचयन काय हुन नसकेको कारण चुनाव भयरहित हुनेमा एमाले अझै विश्वस्त हुन सकेको छैन । तसर्थ चुनावका लागि सहज वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाड्नको लागी देशको विभिन्न जिल्लाहरुमा दलहरुको झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाड्न खोजेको पुष्टी हुन्छ ।’
एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण बनाउन सरकारसँग माग गरेको छ । आम मतदाताको निर्भीक रूपमा मतदान केन्द्रसम्म पुग्ने नैसर्गिक अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको एमालेको भनाइ छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै एमालेले होली पर्वको अवसरमा अमुक दलको चुनाव चिन्ह अंकित टिर्सट वितरण गरिएको आरोप लगाएको छ । आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको पनि एमालेको आरोप छ ।






प्रतिक्रिया दिनुहोस्