रामेछाप । रामेछापमा बोलेरोको ठक्करबाट अन्दाजी ५ बर्षीय बालिकाको ज्यान गएको छ ।
शनिबार बगमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिदाँ रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुकी अन्दाजी ५ बर्षकी बालिकको ज्यान गएको रामेछाप प्रहरीले जनाएको छ ।
रामेछाप प्रहरी प्रवक्त राजन प्रसाद तिमिल्सिनाका अनुसार पसलमा सामान किनिरहेको अवस्थामा बालेरो सटर भित्रै छिरेको थियो ।
बोलेरो चालक नभएको मौका छोपेर अटो चालक स्थानिय तिर्थ बहादुर तामाङले गाडी चलाउँदा सो घटना घटेको स्थानियले बताएका छन् । घटनाका बारेमा थप जानकारी लिने प्रयास भइ रहेको रामेछापका प्रहरी प्रवक्ता तिमिल्सिले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्