काठमाडौं ।
नेपालगञ्जको एक मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ। शुक्रबार राति ७ बजे नेपालगन्ज उपमहानगरपालिका- १२ स्थित वेस्टर्न मार्टमा आगलागी भएको हो।
आगो लागेपछि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा खटिएको थियो। उक्त गणको टोलीले प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय निकायसँग सहकार्य गरी राति साढे ९ बजे आगो नियन्त्रणमा लिएको हो। आगलागीको यकिन कारण खुलिसकेको छैन।






प्रतिक्रिया दिनुहोस्