Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने


0
Shares

काठमाडौं ।
सरकारले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले छत खोलेर हिँड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो ।

बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

बैठकमा आगामी निर्वाचनका गतिविधि र सुरक्षा तयारीबारे पनि थप छलफल भएको जनाइएको छ ।