Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


एमाले सधैं गरिब, विपन्न र मजदुर वर्गको पक्षमा उभिएको अध्यक्ष ओलीकाे दावी


13
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दावी गर्नुभएको छ ।

झापाको दमकमा बिहीबार आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै गर्नुभएको यस्ताे दावी गर्नुभएको हाे । नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गर्नुभएकाे छ । उहाँले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दावी गर्नुभयो ।

आसन्न निर्वाचनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताउनुभयो । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिवद्ध गरेर दिन आग्रह गर्दै उहाँले ओलीले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने आश्वासन दिनुभएकाे छ।