काठमाडाैं । भरतपुर विमानस्थलमा इन्धन सेवा शुरु गरिएको छ ।
नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा शुरु गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयाे। उहाँले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा शुरु गरिएको बताउनुभएकाे छ। हाल यहाँबाट दैनिक ८ वटा उडान हुँदै आएको बताउँदै उहाँले आवश्यकता अनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको बताउनुभयाे ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भरतपुरमा दुई वटा रिफिलिङ काउन्टर स्थापना गरिएको बताउनुभएकाे छ। जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने उहाँकाे भनाइ थियाे । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा शुरु गरिएको प्रवक्ता ठाकुरले जानकारी गराउनुभयाे।
ण्ण्ण्ण्






प्रतिक्रिया दिनुहोस्