काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदी-बहिनी र दाजु-भाइमा शुभकामना व्यक्त गर्नुभएकाे छ।
प्रधानमन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जालमार्फत साेही शुभकामना व्यक्त गर्नुभएकाे हाे । उहाँले २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको शुरुवात भएको स्मरण गर्नुभएकाे छ। आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उहाँले उल्लेख गर्नुभयाे ।
आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष-भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएकाे छ।







प्रतिक्रिया दिनुहोस्