Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


प्रजातन्त्र दिवस: तीन जिम्मेवारी बोध गर्दै अघि बढ्नुपर्नेमा अध्यक्ष ओलीकाे जाेड


273
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले तीन जिम्मेवारी बोध हुनु महत्वपूर्ण रहने बताउनुभएकाे छ।

अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल मार्फत प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै यस्ताे बताउनुभएकाे हाे । उहाँले तीन जिम्मेवारी बोधकाे बारेमा यसरी लेख्नुभएकाे छ:- ‘आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ, पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने, तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने ।’

अध्यक्ष ओलीले प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताउनुभयाे । उहाँले प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्नुभएकाे छ।

अध्यक्ष ओलीले यो ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै जागरूकतापूर्वक अघि बढ्न अपिल समेत गर्नुभयाे ।