Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


लुम्बिनीसहित देशका ६ प्रदेशमा आज दिउँसाेदेखि वर्षा र हिमपात हुने


2.2k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको हाे। साथै बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, बिहीबार दिउँसो भने देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे । तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाे महाशाखाले जनाएकाे छ।

त्यस्तै, बिहीबार राति भने कोशी, बागमती प्रदेश र बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे। तराई भू-भागका केही स्थानहरूमा भने तुँवालो रहने महाशाखाले जनाएकाे छ ।