Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


युद्ध अन्त्यका लागि रूस-युक्रेनबीच भएकाे वार्ता निष्कर्ष विहीन, फेरी वार्ता हुने


312
Shares

एजेन्सी । रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ ।

दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि बढेको बताएका हुन् । वार्ता अमेरिकाको मध्यस्थतामा भएको थियाे। यसअघि गत जनवरी र फेब्रुअरीको शुरुमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि अमेरिकाको मध्यस्थता वार्ता भएको थियो ।वार्तामा मुख्य विवादको विषय भू–भाग रहेको थियो । रुसले पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी करिब २० प्रतिशत भूभाग युक्रेनले छोड्नुपर्ने अडान राखेको थियो । तर युक्रेनले उक्त माग अस्वीकार गर्दै सम्भावित सम्झौतापछि पुनः आक्रमण हुन नदिन पश्चिमी मुलुकबाट कडा सुरक्षा ग्यारेन्टी चाहिने बताएको थियो ।

रुसी टोलीका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले दुई दिनको छलफल कठिन तर कार्यगत रहेको प्रतिक्रिया दिनुभएकाे छ । उहाँले छिट्टै थप वार्ता हुने संकेत गरे पनि मिति भने खुलाउनुभएकाे छैन। युक्रेनी टोलीका प्रमुख रुस्तम उमरोभले दोस्रो दिनको बैठकलाई गहन र सारगर्भित रहेकाे बताउनुभयाे । उहाँले दुवै पक्ष राष्ट्रपति समक्ष पेश गर्न सकिने निर्णयतर्फ काम गरिरहेका जानकारी गराउनुभयाे ।

करिब ४ वर्षदेखि युक्रेनमा जारी रुस युद्ध अन्त्यका लागि प्रयास जारी रहे पनि हालसम्म कुनै निर्णायक प्रगति हुन भने सकेकाे देखिएकाे छैन ।