२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी सिफारिस


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज ९ । प्रदेश नम्बर–७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ ।

प्रदेशको नाम र राजधानी तोक्न गत साउन १४ गते प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन प्रस्तुत् गरेको हो ।

सांसद लामा नेतृत्वको संसदीय समितिले प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ राख्न र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको छ ।

समितिले राजधानीका लागि गोदावरी नगरपालिकाको वडा नम्बर–४ स्थित तेघरी ब्यारेकनजिकको वनलाई निर्धारण गरेको छ ।

सो समितिले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको प्रदेश–७ को अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ ।