काठमाडौं । भाेजपुरमा नेपाली सेनाकाे बस दुर्घटनामा परेकाे छ ।
बुधबार भोजपुरको भोजपुर नगरपालिका- ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेकाे हाे । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
उक्त बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्