काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको जानकारी दिनुभएकाे हाे । प्रतिज्ञापत्र बुधबारै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । साेही कार्यक्रमबुधबार दिउँसो २ बजेदेखि शुरु हुने कांग्रेस मधेश प्रदेश समितिले जनाएकाे हाे ।
कांग्रेसले यस पटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ ।






प्रतिक्रिया दिनुहोस्