मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।
मुमबईस्थित वानखेडे स्टेडियममा नेपालले जितेर बलिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर माइकल जोन्सको अर्धशतक प्रेरित स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो ।
स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।






प्रतिक्रिया दिनुहोस्