Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति


390
Shares

काठमाडौं ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति पाएको बताए।

प्रहरीले सोमबार बेलुकी उनलाई पक्राउ गरेको हो।