रामेछाप । मंगलबार भएको बस दुर्घटनमा वेपत्ता भएका बालको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार मन्थली नगरपालिका २ पिप्लेका ९ वर्षीय क्रिचन तामाङ शव भेटिएको हो । सो दुर्घटनामा परि १२ जानको ज्यान गएको थियो भने २ बालक सहित तीन जना वेपत्ता भएका थिए ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिनुभएको छ।
अझै दुई जना नदीमा बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ता १ जनाको शव फेला परेसँग उक्त दुर्घटनामा मृत्यु हुनेके संख्या १३ पुगेके छ।
दुर्घटनापछि बेपत्ता भएकाको खोजी कार्य निरन्तर जारी राखिएको थियो। शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। घटनाप्रति स्थानीयवासीमा अझै शोकको वातावरण छ।






प्रतिक्रिया दिनुहोस्