झापा ।
नेकपा एमाले झापा क्षेत्र नं ५ ले ३० बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई मत मागेको छ ।
एमाले झापा–५ नम्बर क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ भन्ने शीर्षकको अपिल प्रकाशन गरी ओलीलाई जिताउनुपर्ने कारण उल्लेख गरेको छ।
अपीलमा खस्किएको मनोबल उठाउन देखि राष्ट्रिय स्वाधिनताको रक्षासम्मका लागि ओलीले जित्नुपर्ने जिकीर गरिएको छ। अपिलमा देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ती सुरक्षाको ग्यारेन्टी र झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत मागिएको छ।
ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ। एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमूलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ।
यस्तै, निर्माणाधिन एशियन हाइ वे,मध्यपहाडी राजमार्ग,मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ। एमालेले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ।






प्रतिक्रिया दिनुहोस्