Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


बालिका मृत अवस्थामा फेला


0
Shares

पोखरा, असोज ९ । विद्यालयबाट फर्कनेक्रममा सोमबारदेखि हराइरहेकी पोखरा महानगरपालिका–२२ की बालिका श्रीया विक मृत अवस्थामा फेलापरेकी छन् ।

सोमबार अपराह्न ५ बजेदेखि सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया विकको शव मंगलबार बिहान भेटिएको हो । उनको शव कोदीस्थित घरनजिकै भेटिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।