Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


लागुऔषधसहित चार जना पक्राउ


0
Shares

झापा । झापाको बिर्तामोडमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो २स् ३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर २ कछुबारी बस्ने गोबिन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिर्तामोड वडा न। ९ बस्ने बर्ष ४२ का तिलक बुढाथोकी, वडा न। २ कछुबारी बस्ने बर्ष ४२ का गोबिन्द वस्नेत, वडा नं ३ बस्ने बर्ष ५२ का टंक गिरी र वडा नं ४ बस्ने बर्ष २८ का उदय साह रहेका छन् ।

उनीहरुको साथबाट प्लाष्टिकसहित ११ ग्राम ४६० मिलिग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ३ वटा स्क्रिनटच मोवाइल, नगद रु ६ हजार र २५ हजारको काटेको चेक बरामद भएको छ ।

लागुऔषधसहित उनीहरुलाई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।